|

(देउखुरी दाङ) : राप्ती गाउँपालिकामा ८५ प्रतिशत ज्येष्ठ नागरिकले कोभिड १९ बाट बच्न खोप लगाएका छन्।

नेपाल सरकारले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोभिड १९ बाट बचाउन खोप दिने निर्णयसँगै ९ वटै वडाका १ हजार ७ सय ३९ जना ज्येष्ठ नागरिकले खोप लगाएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए।

व्‍यापक सूचना प्रवाहका साथ सुविधाका लागि केही वडाले सवारीसाधन उपलब्ध गराई ज्येष्ठ नागरिकलाई खोप लगाइएको थियो।

चार वटा केन्द्र सिसहनिया स्वास्थ्य चौकी, लालमटिया स्वास्थ्य चौकी, देविकोट स्वास्थ्य ईकाई र चन्दुली खोप केन्द्रबाट ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोभिड १९ बाट बचाउन खोप दिइएको थियो।

६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोभिड १९ बाट बचाउन खोप दिने क्रममा हाल घरमा केही ज्येष्ठ नागरिक नरहेको कारण शतप्रतिशत खोप सेवा दिन नसकेको संयोजक राउतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.