|

काठमाडौं : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) ले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका टेकुका डा. शेर बहादुर पुनलाई 'प्रविधि' पुरस्कारबाट सम्मानित गर्ने भएको छ।

प्रतिष्ठानको ४४ औं प्राज्ञ सभाले २०७७ सालका लागि विज्ञान प्रविधिका ११ भिन्न विधामा १७ व्यक्ति र संस्थालाई पुरस्कार दिने निर्णय गरेको हो।

प्रकृति संरक्षण पुरस्कार विश्व वन्यजन्तु कोष नेपाल, कुलपति राष्ट्रपति नव प्रवर्द्धन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्र,कीर्तिपुर काठमाडौं, विज्ञान पुरस्कार डा.उत्तम बाबु श्रेष्ठ,ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्सीप्लीनरी स्टडिज काठमाडौं पुरस्कृत भएका छन् ।

यसैगरी विज्ञान तथा प्रविधि युवा पुरस्कार डा. सुनिता गौतम शिखर बायोटेक प्रालि ललितपुर, विज्ञान तथा प्रविधि युवा पुरस्कार डा. भेषराज थापा,युनिभर्सल इञ्जिनियरिङ कलेज,ललितपुर, विज्ञान तथा प्रविधि युवा पुरस्कार डा.आनन्द मिश्रलाई पुरस्कृत गरिने भएको छ।

साथै कृषि अनुसन्धान निर्देशनालय,प्रदेश न. २ र विज्ञान तथा प्रविधि युवा पुरस्कार डा. अनुपमा श्रेष्ठ,हिमालयन कलेज अफ एग्रिकल्चर साइन्स एण्ड टेक्नोलोजी हिकास्ट,काठमाडौंले पुरस्कार पाउने भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.