|

काठमाडौं : कोरोना भाइरस संक्रमणबाट पछिल्लोपटक कञ्चनपुरमा तीन र पर्सामा दुईजनाको मृत्यु भएको छ।

कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत दुई र होम आइसोलेसनमा रहेका एकजनाको शुक्रबार राति मृत्यु भएको हो। अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष र वडा नम्बर १४ का ४८ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले जानकारी दिए। यसैगरी, भीमदत्त–१८ का ६८ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ।

यसैबीच, पश्चिमी सीमा नाका गड्डाचौकी र गौरिफण्टा हुँदै शुक्रबार भारतबाट भित्रिएका एक हजार ७६९ मध्ये २८४ जनाको एन्टेजेन परीक्षण गरिएकोमा ३३ जनामा संक्रमण पुष्टि भएको छ।

पर्सामा थप दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट पर्सामा थप दुईजनाको मृत्यु भएको छ। एकजनाको शुक्रबार राति मृत्यु भएको हो। उनीहरु दुवै वीरगञ्ज महानगरपालिकाका हुन्।

वीरगञ्ज–९ की ७४ वर्षीया महिलाको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राति पौने २ बजे मृत्यु भएको हो। वीरगन्ज–१६ नगवाकी ४८ वर्षीया महिलाको नारायणी अस्पतालमा उपचार क्रममा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए।

कोरोना महामारीको दोस्रो लहर आएपछि वीरगञ्ज क्षेत्रमा २८ जना संक्रमितिको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.