|

सुर्खेत : कर्णाली प्रदेश सरकार मातहतमा रहेको प्रदेश अस्पतालले थप कोरोना संक्रमितलाई भर्ना नलिने जनाएको छ।

अस्पतालका निर्देशक डा. डम्बर खड्काले सूचना जारी गरी अस्पतालमा कोरोना संक्रमितलाई भर्ना लिन नसक्ने जनाएका छन्। नेपालगञ्जबाट आउने अक्सिजन अस्पतालमा आपूर्ति हुन नसकेका कारण संक्रमित भर्ना गर्न नसकिने उनले बताएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले महामारीको समयमा बिरामीको उपचारमा व्यवस्था मिलाउनुको सट्टा अस्पतालले भर्ना लिन नसक्नु प्रदेश सरकारको असक्षमताको पराकाष्ठा भएको आरोप लगाएका छन्। 

नेता कँडेलले सरकारको ध्यान नागरिकलाई महामारीबाट बचाउनेतर्फ केन्द्रित नभएको दाबी गरेका छन्। 

 ‘अहिलेको महामारीको बीचमा अस्पताललाई यस्तो सूचना सार्वजनिक गर्नुपर्ने स्थितिमा पु¥याउनु सम्बन्धित जिम्मेवार निकायको असक्षमताको पराकाष्ठा नै हो। प्रदेश सरकारसँग श्रोतको अभाव छैन,’ उनले भने, ‘संघीय सरकारसँग समन्वय गरेर आफ्नो प्रदेशमा सहयोग जुटाउने दायित्व पनि प्रदेश सरकारको नै हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.