|

काठमाडौं : उपत्यकामा पछिल्लो २४ घण्टामा थप दुई हजार ६ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा १८ सय ८१, भक्तपुरमा दुई सय ९२ र ललितपुरमा चार सय ३६ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा सक्रिय संक्रमित २९ हजार ६५ जना पुगेका छन् भने अहिलेसम्म ११ सय ३८ जनाको मृत्यु भएको छ। भक्तपुरमा चार हजार ९ सय ८७ सक्रिय संक्रमित छन्। अहिलेसम्म दुई सय २१ जना संक्रमितको मृत्यु भएको छ। 

त्यस्तै, ललितपुरमा हाल ७ हजार एक सय १८ जना सक्रिय संक्रमित छन् भने अहिलेसम्म तीन सय ४ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.