बिरामीलाई अक्सिजन लिन पठाउने अस्पताललाई पनि कारबाही गरिने

|

काठमाडाैं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणमा प्रभावकारी काम गर्न नसकेको भन्दै सुर्खेत प्रादेशिक अस्पताललाई संघअन्तर्गत राख्न क्याबिनेटमा प्रस्ताव लैजाने तयारी गरेको छ। 

त्यस्तै मंगलबार बसेको मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस) को बैठकले अस्पतालहरूले बिरामीलाई अक्सिजन लिएर आउने भए मात्रै उपचार गर्ने कबुलियतनामा गराउने गरेको जानकारी आएको भन्दै त्यस्तो नगर्न र गरेको पाइए नियमानुसार कारबाही गर्ने बताएको छ।

कोभिड १९ को सन्दर्भमा स्वास्थ्य आपतकालीन व्यवस्थापन कार्यसञ्चालन केन्द्रमा जिम्मेवारी तोकिएका कर्मचारीलाई केन्द्रबाट प्रमाणित नगरेसम्म तलब भत्ता भुक्तानी नगर्न पनि भनिएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.