|

संखुवासभा : संखुवासभाको जिल्ला कारागारका कैन्दीबन्दीमा भाइरल ज्वरो र रुघाखोकीको प्रकोप देखिएको छ। भाइरल ज्वरोको प्रकोपले कारागारका अधिकांश कैदीबन्दी बिरामी भएका छन्।

केही दिनयता कैदीबन्दीहरूमा भाइरल ज्वरो र रुघाखोकीका कारण ८० जना कैदीबन्दी बिरामी परेको जिल्ला कारागार खाँदबारीका प्रमुख जेलर विनोद अधिकारीले जानकारी दिए। कारागारमा १ नाबालिका सहित एक सय ५४ जना कैदीबन्दी रहेका छन्।

‘घ’ श्रेणीको कारागारको क्षमता २५ जना रहेपनि ६ गुणा बढी कैदीबन्दी भएपछि उनीहरूलाई सुत्ने र खान बस्नको समस्या रहेको छ। कैदीबन्दी बिरामी परेपछि कारागारमा थप समस्या भएको बताए।

भाइरल ज्वरो र रुघाखोकीको संकेत देखिएको र उनीहरू आ–आफ्नो ओछ्यानमा बिरामी छन्। ८० जना भन्दाबढी कैदीबन्दी बिरामी परेपछि प्रमुख जिल्ला अधिकारीको टेकनारायण पौडेलको अनुरोधमा शुक्रबार कारागारमै स्वास्थ्य परीक्षण गरिएको जेलर अधिकारीले बताए। जिल्ला अस्पताल संखुवासभाका निमित्त प्रमुख सुन्दरश्याम झासहितको स्वास्थ्य परीक्षण गरिएको उनले बताए।

कैदीबन्दीको स्वास्थ्य परीक्षण गर्दा भाइरल ज्वरो र रुघाखोकीका बिरामी भेटिएको कारागार प्रमुख अधिकारीले बताए। खाँदबारी कारागारमा एक सय ५४ कैदीबन्दी मध्ये ५३ जना थुनुवा रहेका छन्। जिल्ला कारागार खाँदबारी ३.५ रोपनी क्षेत्रफल फैलिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.