|

काठमाडौं : गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ। मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्रीस्तरीय निर्णयले १२ सिडिओको सरुवा गरिएको बताए। 

उनका अनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको सिडिओमा पठाइएको  छ भने गृह मन्त्रालयका सहसचिव काशीराज दाहाललाई मोरङको सिडिओमा पठाइएको छ। ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलालाई गृह मन्त्रालयमा ल्याइएको छ।

गुल्मीका सिडिओ रुद्रादेवी शर्मालाई भक्तपुर सरुवा गरिएको छ भने गृहका सहसचिव पुण्यविक्रम पौडेललाई गुल्मी पठाइएको छ। गृहका सहसचिव शंकरहरि आचार्यलाई गोरखा  पठाइएको छ।  मोरङका सिडिओ कोशहरि निरौलालाई गृहमा ल्याइएको छ।

गृहका अर्का सहसचिव दीपककुमार पहाडीलाई रामेछाप तथा नूरहरि खतिवडालाई संखुवासभाको सिडिओमा पठाइएको छ। संखुवासभाका सिडिओ टेकनारायण पौडेललार्ई गृहमा ल्याइएको छ।

गृहका अर्का सहसचिव टेकराज निरौलालाई दोलखाको सिडिओमा पठाइएको छ भने दोलखाका सिडिओ वासुदेव घिमिरेलाई मन्त्रालयमा ल्याइएको छ।

रूपन्देहीका आस्मान तामाङलाई चितवनको सिडिओमा सरुवा गरिएको छ भने गृहका सहसचिव कृष्णप्रसाद लम्साललाई धादिङको सिडिओमा सरुवा गरिएको छ।

गृहका सहसचिव वीरेन्द्रकुमार यादवलाई उदयपुर र अर्का सहसचिव ऋषिराम तिवारीलाई रूपन्देहीको सिडिओमा पठाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.