|

काठमाडौं :  वरिष्ठ साहित्यकार गणेश रसिकलाई पत्नीशोक परेको छ।  उनकी धर्मपत्नी नीरा रसिकको बुधबार  साँझ चार बजे निधन भएको हो। 

तीन साता अघि उनमा कोरोना संक्रमण देखिए पछि काठमाडौं धुम्बाराही  स्थित ह्याम्स अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। 

६६ वर्षीया नीराका श्रीमान र  एक छोरी छन्। उनको आज बिहान ११ बजे पशुपतिमा आर्यघाट (विद्युतीय शबदाह गृह)मा अन्त्येष्टि गरिने पारिवारिक बासु शशी स्मृति परिषदका सदस्य प्रद्युम्न जोशीले जानकारी दिए।  रसिकका छोरा र भाइको पनि यस अघि मृत्यु भइसकेकाे छ।

यस्तै बासु शशी स्मृति परिषदले परिषदका अध्यक्ष गणेश रसिकलाई परेको पत्नीशोकप्रति गहिरो दुःख व्यक्त गर्दै स्वर्गीय नीरा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.