|
छथर जोरपाटी गाउँपालिका वडा नं ६ मा नेपाली कांग्रेस वडा कार्यालयको उद्घाटनमा रक्षामन्त्री मीनेन्द्र रिजाल। तस्वीर : ईश्वर थापा

धनकुटा : रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पार्टीको महाधिवेशनबाट कांग्रेसमा नयाँ नेतृत्व आउनुपर्ने बनाउनुपर्ने बताएका छन्।

नेपाली कांग्रेस धनकुटाले गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले सकेसम्म सहमति, सहमति नभए स्वस्थ प्रतिस्पर्धा गरेर पार्टी संगठनमा नयाँ ऊर्जा सञ्चार गरिनुपर्ने बताए।

मन्त्री रिजालले पार्टीको महाधिवेशन स्वस्थ नहोला कि भनेर देशभर चिन्ता रहेको बताए। पार्टीमा नयाँ नेतृत्व आउनुपर्नेतर्फ संकेत गर्दै उनले यो महाधिवेशनबाट रुखको पुरानो पात झरेर नयाँ पात पलाउनुपर्ने आसय व्यक्त गरे बताए।

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री रिजालले कांग्रेस ५ वर्ष प्रतिपक्षमा बस्न तयार रहेको भएपनि कम्युनिष्टले देश हाँक्न नसकेका कारण सरकारको नेतृत्व गर्नुपरेको बताए।

उनले एमाले, माओवादी गठबन्धन गरेर चुनाव लडेर पार्टी एउटै बनाए पनि अहिले एमाले र माओवादी नै सग्लो पार्टी रहन नसकेको बताए। 

उनी नेपाली कांग्रेस छथर जोरपाटी गाउँपालिका वडा नं ६ को वडा पार्टी कार्यालयको उद्घाटनका लागि धनकुटा आएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.