|
फाइल फोटो

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभरको तापक्रम निरन्तर घट्दो क्रममा रहेको छ। मौसम सफा भएकाले तापक्रम घटेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। 

शनिबार बिहान पौने ६ बजेको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम १० दशमलब ६ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। उपत्यकाको शुक्रबारको तापक्रम १२ दशमलव १ डिग्री र बिहीबार १३ डिग्री सेल्सियस मापन भएको थियो। 

केही दिन अझै मौसम सफा हुने भएकाले तापक्रम झन् घट्न सक्ने महाशाखाले अनुमान गरेको छ। तापक्रम घटेसँगै चिसो महसुस भएको छ। 

शनिबार बिहान पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी स्थानमा सामान्यतया सफा रहेको छ। दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.