|

काठमाडौं : पाँच दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका बाबुछोराको आज पनि उद्धार हुन सकेको छैन।

आज बिहान दुई पटक हेलिकप्टरले उद्धारको प्रयास गरे पनि सफल हुन सकेन। पुस १४ गते हिउँको पहिरोले अन्दाजी ५०–५५ वर्षका लाक्पाटाँसी र उनका १४–१५ वर्षीय छोरा पासाङ शेर्पालाई बगाएको थियो।

चौरीसँगै हिउँ पहिरोले बगाएका उनीहरु ओडार भेटेर बसेका थिए। समुद्र सतहबाट चार हजार मिटर उचाइमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौंरी गोठ सार्ने क्रममा उनीहरू हिउँमा फसेको हुन्।

हेलिकप्टरबाट उद्धार गर्न उनीहरूले अनुरोध गरेका थिए। शनिबार र आइतबार गरिएको उद्धारको प्रयास असफल भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे जानकारी दिए।

फोनसम्पर्क भएकाले बाबुछोरा बसेको ठाउँमा आगो बालेर धुवाँ निकाल्न अनुरोध गरेको भए पनि उनीहरू बसेको ठाउँ पत्ता नलागेको पाण्डेले बताए। धुवाँ निस्केपछि ठाउँ पहिचान गरेर हेलिकोप्टरमार्फत उद्धार गर्ने पाण्डेले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.