|

काठमाडौं : पछिल्लो चौबिस घण्टामा देशभर २ सय १६ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै आज २ सय ९ जना संक्रमणमुक्त भएका छन्। आज २ जना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको  विवरण अनुसार ५ हजार ९ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा २ सय १३ जनाको र १ हजार ६ सय ६९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ७१ छ।

आइसियूमा ८३ जना र भेन्टिलेटरमा १९ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.