|

काठमाडौं : नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको जिन सिक्वेन्सिङका क्रममा पुस महिनामा मात्र २४ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको हो। 

मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै पुस महिनामा संकलित कोरोना भाइरसका १ हजार १ सय ४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको जनाएको छ। एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको थियो। ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको विज्ञप्तिमा जनाइएको छ। 

यसअघि नेपालमा गत मंसीर २० गते पहिलोपटक ओमिक्रोन भेरिएन्ट भेटिएको थियो। मन्त्रालयले पत्रकार सम्मेलन गर्दै ओेमिक्रोन भाइरसको संक्रमण ६६ र ७१ वर्षका दुई जना विदेशीमा देखिएको जनाएको थियो।

उनीहरू केही दिनमै संक्रमणमुक्त भए। यस्तै, गत पुस ७ गते एक जना ५८ वर्षीय पुरुषलाई पनि ओमिक्रोन संक्रमण देखिएको थियो। योसँगै नेपालमा ओमिक्रोन संक्रमितको संख्या २७ पुगेको छ।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.