|

 

गर्नु मन्दिरमा पूजा श्रद्धाको विशेष पाटो हो

बिर्सिने नहुने यसमा ईश्वरको दिव्य स्थान जो

करुणा दया र माया बाँड्न सके पो पूजा भो

प्रेममा नै ईश्वर छ आनन्द उसको स्वरूप हो

 

ईश्वर त बिराट छ मन्दिरमा मात्र नभेटिने

ईश्वर नै यति सूक्ष्म छ आफैंभित्र बिलाउने

केवल एक जान्दा अनेकौं हामी नै हो बनाउने

एक भएर पनि ईश्वर नै हुन् हर एकमा रमाउने

 

म आश्चर्यमा पर्दै छोड्दै जाँदैछु यी रीतिलाई

जसले नदेखे झैं गर्छ सुपात्रको आर्तहरुलाई

हाल्न सक्दैन कहिलै त्यसले आहार सुपात्रलाई

दानको विज्ञापन गर्दा समेटिने हो त अहंकार नै

 

शर्त र नियम त व्‍यापारमा पो गरिन्छ नि

पूजामा त समर्पण र श्रद्धाको फूल चढाइन्छ

लाग्दैन मन मलाई गर्न पूजा विधि विधानले

सजाएर ईश्वरलाई ह्र्दयको भित्र म राख्दछु

 

प्रेममा स्वार्थ नभए झैं आनन्दको रूप कहाँ छ र

सदा आनन्दमा रहँदै यो चित्तमा भइ स्थिर

त्यही स्वरुपमा स्थित भइरहेको म नश्वर

त्यसैको गरेमा पूजा देखिन्छ जगतै ईश्वर

 

                      निर्मला अचार्य

                  

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.