|

काठमाडौं : विश्व स्वास्थ्य संगठनले कोभिडका अरू नयाँ नयाँ भेरियन्टहरूलाई पनि अहिलेको कोभिडका विरुद्धको खोपले नै काम गर्ने जनाएको छ। अहिले पछिल्लो समयमा अफ्रिका तथा अमेरिकामा पनि कोभिडका नयाँ नयाँ भेरिएन्ट भेटिएका छन्।

ती नयाँ भेरिएन्टहरूका विरुद्धमा पनि कोरोनाको खोप प्रभावकारी देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। उक्त संगठनले हालै गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ। विश्वमा कोभिडका संक्रमितहरूका संख्या घट्दै गएको पाइएको छ। साथै सन् २०२० को मार्चको तुलनामा अहिले विश्वमा कोभिडका कारणले हुने गरेको मृत्युमा पनि निकै कमी आएको देखिएको छ।

यो मृत्युदरमा भएको कमी पनि कोभिडका विरुद्धको खोपकै कारण भएको उक्त संगठनको भनाइ छ। दक्षिण अफ्रिकामा कोभिडको ओमिक्रोन भेरिएन्ट भेटिएको थियो। यस भेरियन्टको संक्रमणदर अरूको तुलनामा निकै बढी थियो।

तैपनि सो भेरिएन्टमा पनि हाल प्रचलनमा रहेकै खोपले प्रभावकारी रूपमा काम गरिरहेको सो संगठनले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.