|

काठमाडाैं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को कार्यसमितिले पूर्णता पाएको छ।

आज त्रिपुरेश्वरस्थित मञ्चकै कार्यालयमा बसेको दोस्रो बैठकले चार सदस्यमा ध्रुव तुलाधर, प्रजित शाक्य, प्रवीण विक्रम कटुवाल र नवीन लुइँटेललाई मनोनीत गरिएको मञ्चका सचिव अन्जन खड्काले जानकारी दिए।

यससँगै दुई जना पदेनसहित मञ्चको १७ सदस्यीय कार्यसमितिले पूर्णता पाएको छ। साथै सोही बैठकबाट मञ्चको प्रवक्तामा अनिल मल्ल ठकुरीलाई तोकिएको छ। बैठकले विभिन्न समितिका संयोजक पनि चयन गरेको सचिव खड्काले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.