|

काठमाडौं: भैरहवा नजिकै रोहिणी खोला बस दुर्घटनामा घाइते २४ जना मध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ। 

जनकपुरबाट भैरहवा तर्फ आउँदै गरेको यात्रुबाहक रात्रीकालिन बस हुलाकी राजमार्गमा आज बिहान करिब पौने ५ बजे दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा एक महिला र ८ जना पुरुष रहेका रुपन्देहीका एसपी रविन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार मृतकहरुको सनाखत हुन बाँकी रहेको छ।​

शिक्षण अस्पतालमा रहेका १२ जना र भीम अस्पतालमा उपचारत ३ जनाको अवस्था निकै गम्भीर छ । बसमा चालक सहित ३३ जना सवार रहेका थिए। आज बिहान पौने ५ बजे लु २ ख ३८४१ नम्बरको रात्रीकालीन बस भैरहवा परासी हुलाकी राजमार्गस्थित रोहिणी खोलाको पुलबाट खोलामा खसेको थियो।

दुर्घटनामा परेको बसलाई जेसीभिको सहायतामा पल्टाएर यात्रुहरूको उद्धार गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.