|

काठमाडौं : आईसीसी विश्वकप लिग-२ क्रिकेटमा नेपाल र अमेरिकाले बराबरी खेलेका छन्। 

केहीबेर अघि सकिएको खेलमा नेपाल र अमेरिकाले बराबरी खेल्दै अंक बाँडेका हुन्।  २ सय ७५ रनको लक्ष्य अमेरिकाले ५ विकेट गुमाएर २ सय ७४ रननै बनायो। अमेरिकाका लागि स्टेभन टेलरले सर्वाधिक ११४ रन बनाए। त्यस्तै मोनाक पटेलले ८५ रनको पाली खेले। यस्तै यरोन जाेन्सले २६ रन बनाए। 

नेपालका मोहम्मद अदिल आलमले तीन तथा सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिए।

ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए। पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २७४ रन बनाएको थियो।

नेपालका लागि आसिफ शेख, देव खनाल र रोहितकुमार पौडेलले अर्धसतकको पाली खेले।  रोहितले सबैभन्दा धेरै ६२ रन बनाए। आसिफले ६१ रन बनाउँदा देवले ५४ रन बनाए। डेब्यू गरेका आदिल अन्सारीले ३६ रन बनाए। 

कुशल भुर्तेलले १९ रन बनाए । कप्तान सन्दीप लामिछानेले १० रन बनाए। आरिफ शेख ८ रनमा आउट भए। दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र सुशन भारीले एक रन बनाउँदा करण केसी शून्यमा पवेलियन फर्किए।

अमेरिकाका रुस्टी थेरोनले चार विकेट लिए। अली खान र सौरभ नेत्रभालकरले समान दुई विकेट लिए। नेपालले आजको खेलमा बराबरी गरेसँगै एक अंक प्राप्त गरेको छ। यो अंकसँगै नेपालको १४ खेलबाट १३ अंक भएको छ।  नेपाल पहिले खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.