|

हेटौंडा : हेटौंडा उपमहानगरपालिका-९ मा ट्यांकर र बस ठोक्किँदा १६ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्रबार हेटौंडा-९ पशुपतिनगरमा ट्यांकर र बस ठोक्किएर १६ जना घाइते भएका हुन्।

बाराबाट हेटौंडातर्फ आउँदै गरेको लु २ ख २७५८ नम्बरको डिजेल बोकेर आएको ट्यांकर र नारायणगढबाट बीरगंज तर्फ जाँदै गरेको बा ८ ख ६३४६ नं को बस ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा बारातर्फ जाँदै गरेको लु ८६ प ६१३० नम्बरको मोटरसाइकलसमेत बसको पछाडि ठोक्किँदा ३ वटै सवारीका चालक, बसमा सवार यात्रुसहित १६ जना घाइते भएका छन्। उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.