|

रौतहट : बालिका अपहरण गरी अभिभावकसँग फिरौती माग गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। ४ वर्षीया बालिका अपहरण गरी २० लाख रुपैयाँ फिरौती माग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो। 

ईशनाथ नगरपालिका ७ का २४ वर्षीय महम्मद अबिर हुसेन पक्राउ परेका हुन्। हुसेनले बिहीबार साँझ बालिका अपहरण गरी उनका पितालाई फोन गरेर २० लाख रुपैयाँ लिई शेख इद्रिस गेटमा आउन भनेका थिए। उनले घटनाबारे कसैलाई जानकारी गराए बालिकालाई मारेर फालिदिने धम्की दिएका थिए।

प्रहरीले यो घटनाबारे जानकारी पाएसँगै हुसेनको  खोजी गरेका थियो। यस क्रममा बालिका राजपुर नगरपालिका वडा नं–१ बहुअर्वा मदरसा अगाडि सडक छेउमा बाँसले बनाएको खाटमा सुताई राखेको अवस्थामा फेला परेकी हुन्। प्रहरीले बालिकाको सकुशल उद्धार गरेको छ। 

बालिकालाई बन्धक बनाई फिरौती माग गर्ने हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।  उनले प्रयोग गरेको बी आर ०५ ए एफ ०२८२८ नम्बरको भारतीय मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।

प्रहरीले अनुसन्धानका लागि शुक्रबार हुसेनलाई रौतहट जिल्ला अदालतमा पेश गरी पाँच दिनको थप म्याद गराएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.