|

काठमाडौं : नेपालमा मंकीपक्स भाइरसबारे अनुसन्धान हुने भएको छ। विश्व स्वास्थ्य संगठनको सहकार्यमा स्वास्थ्य अनुसन्धान परिषद्ले सो अनुसन्धान गर्न लागेको हो।

परिषद्‍का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले पछिल्लो समय मंकीपक्स भाइरसको जोखिम बढ्दै गएको अवस्थामा नेपालमा संक्रमण देखिनासाथ अनुसन्धान थाल्ने गरी तयारी भएको बताए।

‘हुन त हाम्रोमा हालसम्म यो मंकीपक्स भाइरस संक्रमण देखिएको छैन तर संक्रमण देखिनासाथ यसबारे अनुसन्धान गर्नुपर्छ भनेर तयारी गरेका छौँ, जसका लागि स्वास्थ्य मन्त्रालयको अनुमति लिइसकेका छौँ, विश्व स्वास्थ्य संगठनको सहकार्यमा यो गरिने छ’, उनले भने।​

हैजाको पनि अनुसन्धान हुँदै

यस्तै परिषद्ले हाल काठमाडौंमा फैलिरहेको हैजा संक्रमणको पनि अनुसन्धान गर्ने डा. ज्ञवालीले बताए। ‘पछिल्लो समय काठमाडौंमा हैजा संक्रमितको संख्या बढ्दै गयो, यस बिषयमा पनि हामीले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग मिलेर छिटै अनुसन्धान सुरु गर्न लागेका छौँ’ उनले भने।

‘संक्रमितको दिसा तथा संक्रमितले खाने पानी र त्यस समुदायकाे खानेपानीको स्याम्पल लिएर यो अनुसन्धान गर्न लागिएको हो’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.