|
प्रतीकात्मक तस्विर

काठमाडौं : शनिबार पहाडी भू–भागका केही र अन्य भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र कर्णाली प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति पनि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशको थोरै र प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.