|

काठमाडौं : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक अवस्था नाजुक बनेको छ। आन्तरिक विवादका कारण प्रतिष्ठानको आर्थिक अवस्था खस्किएको हो।

प्रतिष्ठानका रजिस्ट्रार डाक्टर सूर्य संग्रौलाले स्वेतपत्र जारी गरी कर्मचारीलाई तलब भत्ता खुवाउनसमेत मुस्किल परेको बताएका छन्। जारी स्वेतपत्रमा खर्च बढेको तर आम्दानी नबढेकोले प्रतिष्ठान धराशायी अवस्थामा पुगेको उल्लेख गरिएको छ।

प्रतिष्ठान यही साउन महिनामा शिक्षक कर्मचारी तथा विद्यार्थीको नियमित तलब भत्ता, अन्य संचालन खर्च एवं विगतको दायित्व गरी कुल १ अर्ब ४१ करोड रूपैयाँ घाटामा रहेको संग्रौलाले बताए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.