|

बझाङ : बझाङ जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार एक कार्यक्रमका बीच उक्त भवन उद्घाटन गरेका हुन्।

उनले आफ्नै भवन भएपछि न्याय क्षेत्रमा नागरिकका लागि सहज वातावरण बनेको बताए। हरेक व्यक्ति न्यायको पक्षमा भइरहने हुँदा न्याय पाउने स्थान नागरिकको सहज पहुँचमा रहनुपर्ने उनले बताए।

साथै सेवाग्राहीहरुलाई सन्तुष्ट पार्न सके न्यायाधीश, कर्मचारी र कानून व्यवसायी सफल हुने र अदालतप्रतिको जनविश्वास बढ्ने उनको भनाई छ।

कार्यक्रममा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौलाले न्याय क्षेत्र नागरिकको प्राथमिकताको विषय भएकाले यसमा कानून व्यवसायी सदैव गम्भीर हुनुपर्ने बताए।

प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल र जिल्ला अदालत बझाङका न्यायाधीश नन्दकिशोर प्रसाद यादवले जिल्ला अदालतको भवन निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन्। भवन निर्माणका लागि ८ करोड ३६ लाख खर्चिएको जिल्ला अदालत बझाङले जानकारी दिएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.