|

काठमाडौं : गत २४ घन्टामा नेपालमा ५९ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ८८२ जनामा गरिएको परीक्षणमा ५९ जना संक्रमित भेटिएको हो। 

आज १६१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने यही समयमा संक्रमणबाट हुने मृत्यु शून्य रहेको छ। 

हाल देशभर १ हजार ८३० जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये १८ जना आइसियूमा‚ ६४  जना संस्थागत आइसोलेशनमा र १ हजार ७६६ जना होम आइसोलेशनमा रहेका छन्। 

हाल काठमाडौंमा ६९६ जना‚ ललितपुरमा २९४ जना र भक्तपुरमा ३२ जना सक्रिय संक्रमित रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.