|

काठमाडौं : सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूल प्रतिबन्ध लगाएको छ।

तिहारमा विशेषगरी शहरी क्षेत्रमा करिव ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भएपनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एशोसिएशन नेपालले बताएको छ।

बिहीवार ललितपुरको जावलाखेलमा आयोजना भएको १५ औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०७९ कार्यक्रमा बोल्दै फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलमा कमी आउने बताए।

उनले नेपालमा अहिले ९० प्रतिशत फूलमा आत्मनिर्भर भएको बताए। अध्यक्ष तामाङले तिहारमा विशेषगरी शहरी क्षेत्रमा करिब ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको बताए। उनले विगतका वर्षहरुमा तिहारमा सयपत्री फूल भारतका विभिन्न नाकाहरूबाट आयात हुने गरेको भएपनि यो वर्ष रोक लगाएको बताए।

उनले सयपत्री फूलको उत्पादनले ग्रामीण क्षेत्रमा भने शत प्रतिशत नै धान्ने गरेको बताए। उनले नेपाल ९० देखि ९१ प्रतिशत पुष्प व्यवसायमा आत्मनिर्भर रहेको भन्दै चाडपर्व र चिसो मौसमको समयमा मात्रै आयात गर्नुपर्ने अवस्था रहेको बताए। उनले १० प्रतिशत आयात गर्नुपर्ने अवस्था अझै १० वर्ष कायम रहने दाबी गरे। उनले सरकारले प्लाष्टिकजन्य फूलहरुको बिक्री वितरण सूचना प्रकाशित गरेर मात्रै नियन्त्रण हुने अवस्था नभएको भन्दै बजार अनुगमनलाई तीव्रता दिनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.