|

काठमाडौं : नेकपा एमालेले स्थानीयपालिकाको प्रस्तावित संख्या बढाउनुपर्ने मान्यता अघि सारेको छ।

स्थानीय निकाय पुन:संरचना ङआयोगका संयोजक बालानन्द पौडेलसहित विज्ञहरुसँगको छलफलमा एमालेले यस्तो मान्यता राखेको हो।

आयोगको प्रतिवेदनमा तय गरिएको ५६५ स्थानीय पालिका कम हुने भएकाले बढाउनु पर्ने धारणा अधिकांश बैठकमा सहभागी नेताहरुले राखेको एमाले सचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। त्यस्तै ७ माघ ०७४ भित्र सबै तहको चुनाव गर्नका लागि मंसिरमा स्थानीय चुनाव हुनुपर्ने धारणा पनि नेताहरुले राखेका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबर सचिवालय, स्थायी कमिटीसहित स्थानीय निकायका विज्ञसहितको छलफलमा आयोगका संयोजक पौडेलले अहिलेसम्म भएका कामबारे जानकारी गराएका थिए।

'आज खासगरी स्थानीय निकाय पुनःसंरचना आयोगको रिपोर्ट सुनेको हो। आयोगले पेश गरेको रिपोर्टमा नेताहरुले जनसंख्या र भूगोल दुवैलाई मिलाएर जानुपर्ने सुझाब आएको छ'-  गुरुङले भने, 'प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंसlरमै चुनाव गर्नुपर्ने धारणा बैठकमा राख्नुभएको छ।'

मंसिरमै चुनाव गर्नका लागि स्थानीय पालिका निर्धारणलगायत प्राविधिक काम भदौभित्रै सक्नेगरी अगाडि बढ्नुपर्ने एमालेको धारणा छ। स्थानीय पालिका निर्धारण गर्दा राष्ट्रिय एकता र सामाजिक सद्भाव नविथोलिन गरी जनसंख्या, भौगोलिक सुगमता, आर्थिक संभाव्यता र क्षमता, पहिचान र ऐतिहासिक आधारमा स्थानीय पालिका निर्धारण गर्नुपर्ने एमालेको निष्कर्ष छ।

'यो अनौपचारिक छलफल हो। यसको विष्तृत छलफल भने पछि हुनेछ। जनतालाई सहज सेवा दिनका लागि प्रस्तावित स्थानीय पालिका संख्या कम भयो, बढाउनुपर्छ भन्ने कुरा आएको छ'- सचिव गुरुङले भने। अहिले कायम रहेको इलाकालाई नै स्थानीय पालिका बनाउँदा उपयुक्त र सहज हुने तर्क एमालेले पेश गर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.