|

जुम्ला : तिला गाउँपालिका–६ की कुन्ती रावतको सीप सिकेर आत्मनिर्भर बन्ने सोच थियो। उनलाई तालिम कसले देला भन्ने लाग्थ्यो। रावत योपटक ३ महिने ढाका बुनाइ तालिम पाएपछि खुसी भएकी छन्।

उनले भनिन्, ‘दुई महिने ढाका बुनाइ तालिम लिएँ। त्यो तालिममा दक्ष हुन सकिनँ। फेरि हामीलाई एकमहिने ढाका बुनाइ सम्बन्धी तालिम दिइएको छ। तीनमहिने तालिमबाट ढाकाका सौउल बुन्न सिकेका छौँ।’

महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिना ढाका बुनाइ सम्बन्धी तालिम दिइएको तिलागाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बताए।

उनले भने, ‘तिला गाउँपालिका हरेक महिलालाई उद्यमी बनाउन जरुरी छ। दिदी बहिनीलाई आत्मनिर्भर बन्न सकून भन्ने उद्देश्यले विभिन्न संस्थासँगको साझेदारीमा सीपमूलक कार्यक्रम चलाउँदै आएका छौँ।’

त्यसैगरी जुम्लाकी निमित्त प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले  परम्परागत शैलीमा रहेर महिलाको दैनिकी नफेरिने बताइन्।

त्यसैगरी तिला गाउँपालिकाका उपाध्यक्ष गोरिकला बुढाले तिलाका १४ महिलालाई दिइएको बताइन्। उनले भनिन्, ‘यसअघि विभिन्न सीप सम्बन्धी तालिम लिएका महिलाले व्यवहारमा लागू नगरेका कारण योपटक पालिकाले विशेष निगरानी गरेको छ।’

त्यस्तै उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले यो तालिमले महिला आत्मनिर्भर बन्न सक्ने बताए।

उनले भने ‘हाम्रो दायित्व सीप सिकाउने हो। प्रविधिमा सहयोग गर्ने हो। जुम्लामा अहिले हजारौँ उद्योग दर्ता छन्। अनुदानका लागि मात्रा उद्योग दर्ता गरिएका छन्।’ 
त्यसैगरी प्रशिक्षिका पुष्पा रेस्मी मगरले भनिन्, ‘सीप सानो र ठूलो भन्ने हुँदैन। ढाका बुनाइ सीपले मेरो जीवन बदलियो।’ 

त्यस्तै सहभागीको मन्नु बुढाले सिकेको सीपलाई निरन्तरता दिने बताइन्।

ढाकाका कपडा बुन्न आवश्यक तान, काइँया किर्डाक नेपालले उपलब्ध गराएको सामाजिक परिचालक मीना बुढाले बताइन्। उनले महिलाको आयआर्जनमा टेवा पुर्‍याउन तालिम सञ्चालन गरेको बताइन्।

वर्ल्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्ला, तिला गाउँपालिकाको आयोजना र किर्डाक नेपालको साझेदारीमा तालिम दिइएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.