|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बन्न एमाले खोज्दै नगएको बताएका छन्। 

संसदमा विश्वासको मत लिने प्रस्तावमाथि भएको छलफलमा जवाफ दिँदै प्रचण्डले यस्तो बताएका हुन्। 

‘म प्रधानमन्त्री बन्न खोज्दै गएको होइन, अनेक गरेर बालकोट बोलाइयो, प्रचण्डले भने, ‘मलाई चाहिँ यतै(पुरानो गठबन्धन) तिर जोड गर्दै थिएँ। यही गठबन्धन नेचुरल छ भन्दै थिएँ। म खोज्दै गएको सत्य होइन। अनेक गरेर बोलाउनुभयो। बाइ द वे जानुपर्ने अवस्था बन्यो म गएँ।’ 

एमाले अध्यक्ष केपी ओलीलाई आफूले दुई चोटी प्रधानमन्त्री बनाएको भन्दै उनले ऋण तिरेको टिप्पणी प्रचण्डको छ। ​​

‘ओलीजी तपाईँप्रति आभार व्यक्त गर्दछु। प्रधानमन्त्री चाहिँ बनाउनुभयो। तपाईंलाई मैले दुई पटक प्रधानमन्त्री बनाएको थिएँ। तपाईंले मलाई ब्याज तिर्नुभयो। तर, अझै एउटा बाँकी छ। हिसाब राख्नुहोला,’ प्रचण्डले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.