|

  • रमेश रावल

कालिकोट : कालिकोटको जितेगडाबाट महेन्द्रनगर जाँदै गरेको ना४ख २९९८ नम्बरको बस दैलेखको आठबिस नगरपालिका–४ नैनलदेव मन्दिर नजिक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ। दुर्घटनामा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या १२ पुगेको हो।

दैलेखको राकम स्वास्थ्य चौकीमा उपचारका क्रममा कालिकोटको रास्कोट– ६ घर भएकी मेनुका फर्सालको मृत्यु भएको हो। घटनामा १८ जना घाइते छन्। त्यसमध्ये गम्भीर अवस्थाका २ जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि नेपालगञ्ज लगिएको छ। बाँकी १५ जनालाई एम्बुलेन्समार्फत उपचारका लागि सुर्खेततर्फ पठाइएको छ। घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ।

मृत्यु भएका १२ मध्ये ११ जनाको सनाखत भइसकेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार बसमा ३२ जना यात्रु सवार थिए। बस कर्णाली राजमार्गबाट ३ सय मिटर तल कर्णाली नदी किनारमा खसेको थियो।

मृतकको नामावली

सिंह नेपाली, विनायक नगरपालिका, अछाम
रुपा नेपाली, विनायक नगरपालिका, अछाम 
धिरेन्द्र बीसी, भैरवस्थान, अछाम 
युवराज शाही, रास्कोट नगरपालिका, कालिकोट 
प्रकाश शाही, सान्नि त्रिवेणी गाउँपालिका, कालिकोट 
धर्मराज शाही, रास्कोट नगरपालिका, कालिकोट 
प्रकाश शाही, रास्कोट नगरपालिका ५, कालिकोट 
कविता शाही, रास्कोट नगरपालिका ५, कालिकोट 
मेनुका फर्साल, रास्कोट  नगरपालिका कालिकोट
होइजाली सुनार सान्नि त्रिवेणी गाउँपालिका, कालिकोट 
मंगल उखेडा, बाजुरा 
एकजनाको सनाखत हुन बाँकी

घाइतेको नामावली

रास्कोट नगरपालिका ७ का धन भण्डारी, दैलेख आठबिस नपाका सुर्य बजगाई, लक्ष्मी बजगाई, पदमा विक, मोटा बोहोरा र डिल्ली चौलागाई, अछाम विनायक नपाका भैरे दजी, पाउली दर्जी, कालिकोट सान्नी त्रिवेणी गाउँपालिकाका सुनिल शाही, पृथ्वी बम र कमल सुनार, डबल सुनार, रास्कोट नपा कुलराज फर्साल, हस्तना बराल, कालिकोट कालिका गाउँपालिकाका दीपक विक, पचाल झरना गाउँपालिकाका अशोक बोगटी, सुर्खेत घाटगाउँका हर्क विष्ट र उनका छोरा ज्ञानेन्द्र विष्ट रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.