|

काठमाडौं : राष्ट्रियसभा सदस्य वामदेव गौतमले उमेरको हदबन्दी निलम्बन आगामी महाधिवेशनसम्म कायम रहेमा आफू एमालेमा फर्किने बताएका छन्। 

राष्ट्रियसभा बैठकपछि बुधबार पत्रकारहरूसँग कुरा गर्दै गौतमले अध्यक्ष केपी शर्मा ओलीले बोलाएमा यही अवस्थामा खुशीसाथ एमालेमा फर्किने बताएका हुन्।

‘यदि मलाई खबर गर्नुभयो भने आगामी महाधिवेशनसम्म उमेरको हदबन्दी निलम्बन भइरहन्छ भन्नुभयो भने म र मसँग भएका साथीहरू यही अवस्थामा एमालेमा जान्छौ।’ गौतमले भने,  ‘उहाँहरूले मलाई नै रोक्न ७० वर्षे उमेर हद ल्याउनु भएको हो। मैले त्यसबेला मेरो निम्ति मात्रै राख्नु भएको होइन होला, राख्नु भयो भने राख्नु भनेको थिएँ। अझै पनि ४/५ वर्षमा ७० वर्ष पुग्ने १०/१२ जना नेता छन्।’

‘उनले उमेरको प्रावधान संविधान विरोधी भएको पनि बताए। ‘उमेरको प्रावधान मानवता विरोधी छ। उमेर हद शारिरीक अवस्था हो ।’ गौतमले भने, ‘उमेरका आधारमा पार्टीमा बस्न पाउने नपाउने भन्ने विषयमा विभेद गर्नु अपराध हो।’

केपी ओलीसँग पटक पटक भेटेर आफूलाई लैजान आग्रह गरेको पनि गौतमले बताए। 

‘उहाँलाई तीन पटक भेटेर र तीनपटक फोनमा कुरा गरेको छु । मलाई लैजानुस्। मैले पनि बनाएको पार्टी हो भनेको छु’, गौतमले भने, ‘तपाईं नै हो हाम्रो पार्टीको निर्माणकर्ता हो, हामी जेल पर्दा तपाईंले नै हो पार्टी बनाएको भन्नुभएको छ। फेरि गएर योगदान गर्न तयार छु।’

उनले आफ्नो पार्टी सदस्यता एमालेमै रहेको भन्दै अब नवीकरण गर्ने पनि बताए। 

 ‘म आफू त जाने कुरा भएन। मेरो पनि सदस्यता नवीकरण गर्न म श्रीमती तुलसा थापा पठाउँछु। सदस्यता नवीकरण गर्छु’, उनले  भने,‘वामदेवलाई पनि अटाउन ७० वर्षे हटाइएको भनेको हो भने म त्यहँ योगदान दिन तयार छु।’

उनले आफू एमालेमा अध्यक्ष र महासचिव बन्न जान नलागेको भन्दै पार्टीमा योगदान गर्नका लागि जान लागेको बताए। एमालेको शुक्रबार बसेको सचिवालय बैठकले विधानमा उल्लेख गरिएको ७० वर्षीय उमेरहदको प्रावधान निलम्बन गरेको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.