|

काठमाडौं : काठमाडौं महानगरपालिकास्थित जस्मिन ब्युटिपार्लर एण्ड ट्रेनिङ इन्सिच्युटले अपांगता भएका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।

उक्त  ब्युटिपार्लरले शनिबार गोकर्णेश्वर नगरपालिका वडा-४ अवस्थित अपांग पुनःस्थापना केन्द्र नेपालमा रहेका ३१ जना अपांगता भएका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो।

शैक्षिक सामग्री वितरणसँगै बालबालिकाहरूलाई खाना पनि दिएको थियो। उक्त व्युटिपार्लरका सञ्चालक शर्मिला मुनिकारका अनुसार २२ वर्षदेखि सञ्चालनमा आएको पार्लरले यसअघि पनि सामाजिक कार्य गर्दै आएको छ।

‘यो बेरोजगारीहरूलाई स्वरोजगार दिने उद्देश्यले खोलिएको हो, करिब १० हजार भन्दा बढीले यहाँबाट प्रशिक्षण प्राप्त गरेका छन्,देश विदेशमा सीपबाट राम्रो आम्दानी गर्ने गरेका छन्,’ उनले भनिन्।

उनले यसरी सामाजिक सेवामा सहयोग गर्न पाउँदा गौरवको महसुस भएको जानकारी दिइन्। अपांग पुनःस्थापना केन्द्र नेपालका अध्यक्ष उदय बहादुर लिम्बुले उक्त सहयोगप्रति आभार प्रकट गरे।

उनले भने,‘विभिन्न संघसंस्थाहरूले यहाँका बालबालिकाहरूलाई सहयोग,माया गरेका छन्,यसमा म आभारी छु,हामीले उचित स्याहारसुशारसँगै शिक्षा पनि दिएका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.