|

काठमाडौं : सेतो चिनीको साटो खानेकुरामा प्रयोग गरिने आर्टिफिसियल स्विटनर (चिनीको विकल्पको रुपमा प्रयोग गर्ने कृत्रिम गुलियो) ले क्यान्सरको जोखिम बढाउने पाइएको छ।

बिहीबार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले यसबारे चेतावनी जारी गर्दै यस्ता चीजहरुबाट क्यान्सरको खतरा हुन सक्ने जनाएको छ। संगठनले चिनी नभएको स्विटनर ‘एस्पार्टेम’ ले क्यान्सरजन्य असर गर्ने भएकाले क्यान्सर हुनसक्ने बताएको छ। 

अन्तरराष्ट्रिय एजेन्सी फर रिसर्च अन क्यान्सरसँगको सहकार्यमा डब्ल्यूएचओ र खाद्य तथा कृषि संगठन (एफएओ) का विज्ञहरूले शरीरमा एस्पार्टेमको प्रभावको अध्ययन गरेका थिए जसको आधारमा यो निष्कर्ष निकालिएको हो।

डब्लूएचओले तोकिएको मात्रामा सेवन गर्दा सुरक्षित हुनसक्ने बताए पनि शरीरको तौलमा ४० मिलिग्राम प्रति किलोग्राम एस्पार्टेम जोखिमपूर्ण नभए पनि यसभन्दा बढी मात्रामा सेवन गर्दा भने शरीरमा कार्सिनोजेनिक असर गर्न सक्ने जनाएको छ।

‘नन स्विटनर सुगर, एस्पार्टेम सम्भवतः कार्सिनोजेनिक प्रभाव हुन सक्छ। जुन मानिसको लागि क्यान्सरको कारण बन्न सक्छ। जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अध्ययनले यसको सीमित मात्रामा सेवन गर्न सकिने पुष्टि गरेको छ। तर क्यान्सर विश्वस्तरमा बढिरहेको स्वास्थ्य जोखिममध्ये एक हो भएकाले अहिलेसम्मकोअध्ययनबाट बढी मात्रामा सेवन गर्नाले जोखिम हुने‚ लिभर क्यान्सरको जोखिम बढाइएको पाइएको छ। यसको अन्य जोखिमको सम्भावनाबारे थाहा पाउन अध्ययन भइरहेको छ।'

आर्टिफिसियल स्विटनर सन् १९८० को दशकदेखि विभिन्न खाना र पेय पदार्थहरूमा व्यापक रूपमा प्रयोग हुँदै आएको छ, जसमा डाइट ड्रिंक, च्युइङगम, आइसक्रिम, डेरी उत्पादनहरू जस्तै दही, ब्रेकफास्ट सिरियल, टूथपेस्ट र औषधिहरुमा प्रयोग हुने गरेको छ।

आर्टिफिसियल स्विटनरबाट हुने नकारात्मक प्रभाव थाहा पाउन गरिएको अध्ययनमा जोखिमका लागि सावधान हुन भनिएको छ।

जर्नल अफ साइन्स एन्ड एनभाइरनमेन्टल हेल्थ’मा प्रकाशित एक रिपोर्टका अनुसार अनुसन्धानकर्ताले यसमा मानव डिएनएलाई नोक्सान गर्न सक्ने एक रसायन पाइन्छ। यो रसायन जोनोटाक्सिक हुन सक्छ अर्थात यसले कोषिकाभित्रका जेनेटिक इन्फर्मेसनमा नोक्सान गर्न सक्छ।

आर्टिफिसियल स्विटनरको स्वाद चिनीजस्तो गुलियो हुन्छ र यसमा क्यालोरी हुँदैन। रगतमा सुगर बढ्ने खतरा पनि हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.