|

 प्रधानमन्त्री सम्देच टेको हुन सेनको नेतृत्वमा रहेको सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले भर्खरै सम्पन्न भएको भएको आम निर्वाचनमा अत्याधिक बहुमतले विजयी भएको छ।

निर्वाचनको यो नतिजासँगै प्रधानमन्त्री सम्देच टेको हुन सेनको सत्ता आगामी ५ वर्षको लागि निरन्तर हुनेछ। निर्वाचन भएको १२५ संसदीय सिटमध्ये प्रधानमन्त्रीको पार्टी सीपीपीले १२० सिटमा जीत हाँसिल गरेको छ भने बाँकी ५ सिट फनसिनपेक पार्टीले  जितेको राष्ट्रिय निर्वाचन समिति (एनईसी) बताएको छ।

प्रधानमन्त्री सम्देच टेको हुन सेन सन् १९८५ देखि निरन्तर सत्तामा हुनुहुन्छ। सातौं आमनिर्वाचनमा १८ राजनीतिक दलले प्रतिष्पर्धा गरेका थिए।

सत्तारुढ पार्टी सिपिपिले निर्वाचनमा खसेको कुलमतको ८२.३ प्रतिशत मत प्राप्त गरेको बताइएको छ। ३८ वर्षभन्दा बढी समयसम्म कम्बोडियाको प्रधानमन्त्रीको रूपमा रहेका सेन ७० वर्ष पुगिसकेका छन्। प्रधानमन्त्री सेनले यही अगस्ट २२ मा प्रधानमन्त्रीको शपथग्रहण गर्नेछन्।

अर्को वर्ष फेब्रुअरी २५ मा हुने सिनेटको निर्वाचनपछि सिनेटको अध्यक्षको पद पनि लिनुहुनेछ। कम्बोडियामा भएको निर्वाचनलाई विश्वले मिश्रित प्रतिक्रिया दिएको छ। शक्ति राष्ट्र चीनले निर्वाचनलाई स्वागत गरेको छ भने अमेरिकाले न त स्वतन्त्र न निष्पक्ष भनेर टिप्पणी गरेका छन्। कतिपय पश्चिमा राष्ट्रहरुले अधिनायकवादी शासन विस्तार भनेर टिप्पणी गरेका छन्।

आफ्नो ३८ औं वर्षको सत्तामा पुगेका हुन सेनले जिम्बाबेका स्वर्गीय रोबर्ट मुगाबे र लिबियाका स्वर्गीय मुअम्मर गद्दाफी जस्ता लामो समय सत्ता र शक्तिमा बसेका व्यक्तिहरूलाई पछाडि पारेका छन्। यससँगै उनी विश्वको लामो समयदेखि जीवित राजनीतिक नेतृत्व गरिरहेका नेताहरूको सूचीको शीर्षमा परेका छन्।

प्रधानमन्त्रीको हुनसेनको कार्यकालमा राजनीतिक दमन, अभिव्यक्ति स्वतन्त्रतामा प्रतिवन्ध, असहमतिको दमन, मानवअधिकार हननका आरोप जस्ता विषयलाई लिएर विश्वव्यापी मानवअधिकार संगठनहरूले आलोचना गर्दै आएका छन्। हालै सम्पन्न निर्वाचनको नेपालका पूर्व प्रधामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्ससवादी लेनिनवादी) का अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि मात्रै पर्यवेक्षण गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.