|

काठमाडौं : उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अस्वस्थ भएका छन्। 

नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका खड्कामा प्रोस्टेटसम्बन्धी समस्या देखिएको हो। अस्वस्थ बनेपछि खड्कालाई नेपाली सेनाको छाउनी अस्पताल लगिएको थियो। 

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाका अनुसार उनको बुधबार नै प्रोस्टेटको शल्यक्रिया गरिएको हो। खड्का थप केहिदिन अस्पतालमा रहने उनले जानकारी दिए। खतिवडाका अनुसार हाल खड्काको अवस्था सामान्य छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.