|

काठमाडौं :  नेपाल भ्रमणमा रहेकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का कार्यकारी निर्देशक एलेक्स अलवाइडले प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरेकी छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा  एमसीसी परियोजनालगायत नेपाल–अमेरिका सहयोगका विविध क्षेत्रमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

एमसीसीका कार्यकारी निर्देशक अलवाइडले एमसीसी परियोजना  तोकिएको समयमा सम्पन्न होस् भन्ने चाहना राखेकी थिइन्। 

उनले हिजो प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी थिइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.