|

चीनसँगको सीमापार लेनदेनलाई सहज बनाउन पाकिस्तानमा आरएमबी क्लियरिङ बैंक शुरु भएको छ।

इन्डस्ट्रियल एण्ड कमर्शियल बैंक अफ चाइना (आइसीबिसी) ले पाकिस्तानी र चिनियाँ व्यवसायी र वित्तीय संस्थाहरूलाई सीमापार लेनदेनहरू मिलाउन र दुई देशको वित्तीय आवश्यकताहरू पूरा गर्नका लागि रेन्मिन्बी (आरएमबी) क्लियरिङ बैंक खोलेको हो।

शुक्रबार पाकिस्तानको राजधानी इस्लामावादमा आयोजित उद्घाटन समारोहमा पाकिस्तान र चीनका अधिकारी, विज्ञ र व्यवसायीहरुको उपस्थिति रहेको थियो।

यस सुविधाअन्तर्गत आइसीबिसीले लेनदेनको क्लियरिङ र सेटलमेन्ट सेवाहरू प्रदान गर्नेछ। पाकिस्तानमा सहभागी बैंकहरूका लागि आरएमबी खरिद, बिक्री, उधारो, वा लेनदेनको व्यवस्था गर्न सुविधा प्रदान गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.