|

काठमाडौँ : इन्डियन आयल कर्पोरेशन (आईओसी) ले इन्धनको नयाँ मूल्य सूची नेपाल आयल निगमलाई पठाए पनि निगमले भाउ नबढाएर यथावतै राख्ने जनाएको छ।

निगमले जारी गरेको विज्ञप्तिअनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर ४१ पैसा बढेको नयाँ मूल्य सूची पठाएको उल्लेख छ। यसैगरि डिजेलमा प्रतिलिटर १२ पैसा र एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर २० पैसा घटेको मूल्य सूची आईओसीले पठाएको छ।

निगमले अहिले खाना पकाउने ग्यासमा प्रति सिलिन्डर ३०० रुपैयाँ ४१ पैसा घाटा रहेको भए पनि मूल्य यथावत राख्ने जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.