|

बिर्तामोड :  झापाको बिर्तामोड २ स्थित चार पाने चोकमा शनिवार  साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ  भने दुई जना गम्भीर घाइते भएका छन्। 

शनिवार साँझ ६ बजे इलामबाट पिकनिक गएर फर्कँदै गरेको धरान– विराटनगर चल्ने नागरिक यातायातको प्र –०१–००२ख–०१४९ नं को बससँग मे ५ प ७२४८ नम्बरको मोटरसाइकल जुधेको थियो। पश्चिमतर्फ जाँदै गरेको सो बसलाई तीन जना सवार मोटरसाइकलले ओभरटेक गर्न खोज्दा बसको अगाडि भागमा ठोक्किएको थियो। 

दुर्घटनामा परी कनकाई  नगरपालिका ८ का ४४ वर्षीय तोयनाथ उप्रेतीको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्ता सिटी अस्पताल लगिएको थियो। उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। 

उप्रेतीले चलाएको मोटरसाइकलमा ३ जना सवार रहेका थिए। मोटरसाइकलमा सवार अन्य २ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी कनकाई ५ का ५९ वर्षीय रबिरत्न सिटौला र बाह्रदशी ७ का सागर माझी घाइते हुभएका छन्। 

माझीको बिर्ता सिटी र सिटौलाको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए।  प्रहरीले चालकसहित बस नियन्त्रणमा लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.