|

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले चारवटा अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ।

विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अनुगमनका क्रममा आइतवार चारवटा अस्पतालको फोहोर संकलनमा रोक लगाइएको हो।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कलंकीको शहीद मेमोरियल अस्पताल, नेपाल नेशनल अस्पताल, चावहिलस्थित दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहोर संकलनमा रोक लगाइएको जानकारी दिए।

उनका अनुसार शहीद मेमोरियल अस्पताल र नेपाल नेशनल अस्पताल गत शुक्रवार र चावहिल क्षेत्रका अस्पतालको आज (आइतवार) अनुगमन गरिएको थियो।

यसरी फोहोर संकलनमा रोक लगाइएका अस्पतालहरुलाई सङ्क्रमित फोहोर निसङ्क्रमण गर्ने योजना, अस्पताल दर्ता तथा सञ्चालन गर्ने क्रममा फोहोरमैला व्यवस्थापनका लागि गरिएका प्रतिबद्धतासँग सम्बन्धित कागजपत्र, अहिले फोहोर व्यवस्थापनका लागि सहकार्य गरिएका संघ संस्थाहरुको विवरण लिएर ३ दिनभित्र महानगरपालिकाको वातावरण व्यवस्थापन विभागमा उपस्थित हुन आग्रह गरिएको मानन्धरको भनाई छ।

महानगरपालिकाले यसअघि महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको फोहोर संकलनमा रोक लगाइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.