|

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको एकता शिशु निकेतनस्थित होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीय बालिका शालीन पोखरेलका परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्। 

प्रधानमन्त्री प्रचण्डले उनको मृत्यु प्रकरणको यथार्थ छानबिन गरी परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको आज सामाजिक सञ्जालमार्फत बताएका हुन्। “घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध छ”, उनले लेखेका छन्। 

घटनाको गहन छानबिन गरी सत्यतथ्य पत्ता लगाउन यसअघि नै गृह मन्त्रालयलाई निर्देशन दिइसकिएको पनि उनले बताए। त्यस घटनाले आफूलाई गम्भीर र दुखी तुल्याएको उनले बताएका छन्।

फागुन १२ गते झुण्डिएको अवस्थामा बालिका शालीनको शव फेला परेको थियो। परिवारले बलात्कार पछि हत्या गरेको आरोपमा किटानी जाहेरी दिएका छन्। 

सोही आधारमा प्रहरीले स्कुलका प्रिन्सिपल, सहायक प्रिन्सिपल र वार्डेनलाई पक्राउ गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.