|

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले संसदको जारी गतिरोध अन्त्य गर्न पहल गर्ने भएको छ।

बिहीबार काठमाडौंमा बसेको केन्द्रीय सचिवालय बैठकले संसद सुचारु गर्न पहलकदमी लिने निर्णय गरेको हो।

त्यसका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रधानमन्त्री, गृहमन्त्रीलगायतसँग संवाद गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै अनुसन्धानका लागि संसदीय छानबिन समिति बनाउन माग गरी सदन अवरुद्ध गर्दै आएको छ।

बैठकले पार्टीको दशौं महाधिवेशनको दस्तावेज जेठ १५ गते जिल्ला तहमा पठाउने निर्णय पनि गरेको छ। सचिवालयको अर्को बैठक जेठ १४ गते बस्ने केन्द्रीय प्रचार विभागले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.