|
प्रतीकात्मक तस्विर

गलकोट : डढेलोका कारण दुई महिनामा बागलुङमा दुई हजार १७४ हेक्टर वनमा क्षति भएको छ। फागुन ११ गते बरेङको सल्लेरी सामुदायिक वनबाट शुरु भएको डढेलो वैशाख १९ गतेसम्म ६८ वनमा फैलिएको थियो। 

जिल्ला डिभिजन वन कार्यालयका अनुसार फागुन ११ गतेदेखि सुरु भएको डढेलो वैशाखको १९ गतेसम्म ६८ वनमा लागेको थियो। दुई महिनामा ६६ सामुदायिक वन तथा दुई राष्ट्रिय वनमा डढेलो लागेको डिभिजन वन अधिकृत सरोज पन्थीले जानकारी दिए। राष्ट्रिय तथा सामुदायक वनमा आगलागीका कारण ठूलो क्षति भएको उनले बताए। दुई हजार १७४ हेक्टर वनमा देखिने क्षति भए पनि अप्रत्यक्ष रूपमा वन्यजन्तु र पर्यावरणमा ठूलो क्षति भएको उहाँले जानकारी दिनुभयो। 

तमानखोला गाउँपालिका–२ स्थित रानीवन सामुदायिक वनमा वैशाख १३ गते लागेको डढेलोले एकजनाको मृत्यु भयो। दुई घाइते भए। बागलुङ नगरपालिका–१२    अमलाचौर  हिलेजुके सामुदायिक वनमा वैशाखको १९ गतेको डढेलोबाट एक घर, तीन गोठ जल्यो भने दुई भैँसी, तीन गाई, पाँच बाख्रा मरे। ताराखोला गाउँपालिका–१ स्थित राष्ट्रिय वनमा लागेको डढेलोबाट तीन घर, पाँच गोठ नष्ट भए। ६ बाख्रा, दुई भैँसी र एक राँगा मरे।

‘जङ्गली जनावर पनि मरेका छन्। केही  बस्तीमा छिरेका पाएका छौँ, जनावारको क्षतिको तथ्यांक संकलन गर्न सकिएको छैन’, उनले भन्नुभयो। जिल्लामा एक लाख पाँच हजार ५०१ हेक्टर जमिनमा वन फैलिएको छ। जिल्लाको ३३ हजार ९०९ हेक्टरमा ५२७ सामुदायिक वन छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.