|

काठमाडौं : राजधानीमा दिनमा तीन वटा मोटरसाइकल हराउने गरेको छ। आर्थिक वर्षको शुरुदेखिको पछिल्लो ४० दिनमा एक सय २० वटा मोटरसाइकल हराएको निवेदन ट्राफिक प्रहरीमा परेपछि दिनको सरदर तीन वटा मोटरसाइकल हराउने गरेको तथ्याङ्क आएको हो।

ती हराएका मोटरसाइकलहरुमध्ये २३ वटा मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर मोटरसाइकल धनीलाई जिम्मा लगाएको छ। थप २५ वटा शंकास्पद मोटरसाइकल नियन्त्रणमा लिई अनुसन्धान भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी प्रकाश अर्यालले जानकारी दिए। 

‘एकान्त स्थानमा पार्किङ गर्ने, रातको समयमा अध्यारोमा पार्क गर्ने मोटरसाइकलहरु बढी हराउने गरेको पाइएको छ’, उनले भने– ‘त्यसैले त्यस्ता स्थान र सार्वजनिक स्थानमा पार्क गर्दा विशेष ध्यान दिनुपर्छ।’

गत आर्थिक वर्षमा पनि एक सय ९३ वटा मोटरसाइकल वास्तविक सवारी धनीलाई ट्राफिक प्रहरीले जिम्मा लगाएको थियो। केही समयअघि हराएका मोटरसाइकलको इन्जिन र पार्टपुर्जा नै अर्को मोटरसाइकलमा हाल्ने गर्दथे। चोरीका मोटरसाइकलको इन्जिन, च्यासिस नम्बर र नम्बर प्लेट परिवर्तन गरी बिक्री हुने गरेको थियो। तर, अहिले प्रहरीले वर्कसपहरुमा पनि निगरानी बढाएपछि त्यो क्रम घटेको अनुभव डिआइजी अर्यालको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.