लक्ष्य भेट्न दैनिक आठ अर्ब खर्च गर्नुपर्ने

|

काठमाडौं : स्थिर र बलियो सरकार भनिए पनि केपी शर्मा ओली नेतृत्वको सरकारले काम बढाउन सकेको छैन। प्रधानमन्त्री ओलीको भाषणमा पछिल्लो एक वर्षमा इतिहासकै सबैभन्दा बढी काम भएको वर्ष हो। तर, सरकारले काम गर्नको लागि भनेर छुट्टाएको बजेट खर्च हेर्ने हो भने अघिल्ला सरकारहरूको तुलनामा समेत कमी देखिएको छ।

त्यसोत, अर्थसचिव डा. राजन खनालले चालु आर्थिक वर्षमा अघिल्ला वर्षहरूमा हुने पुँजीगत खर्चमा वित्तीय संघीयता कार्यान्वयन गर्दा चालु खर्चमा परेको कारण पनि पुँजीगत खर्च कम देखिएको दाबी गर्छन्। तर, समग्र खर्च पनि न्यून देखिएको छ। सरकारले चालु आर्थिक वर्षको लागि विनियोजन गरेको खर्च गर्ने हो भने अबको ९० दिन दैनिक आठ अर्ब रुपैयाँ खर्च गर्नु पर्ने हुन्छ। चालु आर्थिक वर्षको नौ महिनाको अवधी अर्थात् चैत मसान्तसम्मको अवधीमा प्रतिदिन औषत खर्च दुई अर्ब २५ करोड रुपैयाँ मात्रै रहेको छ। सरकारले १३ खर्ब १५ अर्ब बजेट विनियोजन गरेकोमा १३ खर्ब रुपैयाँ मात्रै खर्च गर्ने लक्ष्य मध्यावधि समीक्षामार्फत् राखेको छ। यसो हुँदा पनि मासिक साढे सात अर्ब रुपैयाँ खर्च गर्नु पर्ने अवस्था छ।

पुँजीगत खर्च न्यून

विकासको लागि खर्च गरिने पुँजीगत खर्च न्यून देखिएको छ। चालु आर्थिक वर्षको लागि तीन खर्ब १३ अर्ब रुपैयाँको पुँजीगत खर्च गर्ने लक्ष्य सरकारले लिएकोमा नौ महिनाको अवधीमा जम्मा ३४ प्रतितश मात्रै खर्च भएको छ। सरकारले पुँजीगत खर्च गर्ने समय भने अब दुई महिनाको अवधि मात्रै छ। यषसअघि भौतिक पूर्वधार मन्त्रालयले गुणस्तरमा कमी आएको भन्दै असार महिनामा कुनै पनि काम नगर्ने जनाएको थियो। नौ महिनाको अवधिमा एक खर्ब नौ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ।

संशोधित अनुमानअनुसार पनि अबको तीन महिनामा कम्तीमा दुई खर्ब रुपैयाँको पुँजीगत खर्च गर्न आवश्‍यषक रहेको छ।

चैत महिनामा न्यून खर्च

फागुन महानको तुलनामा चैत महिनामा न्यून खर्च देखिएको छ। सरकारले फागुन महिनामा ८७ अर्ब एक करोड ८३ लाख रुपैयाँ खर्च गरेकोमा चैत महिनामा यस्तो खर्च ८१ अर्ब सात करोड रुपैयाँ मात्रै गरेको छ। चालु आर्थिक वर्षको नौ महिनामध्ये सबैभन्दा कम पहिलो महिना अर्थात् साउनमा गरेको छ। यो महिना २५ अर्ब नौ करोड रुपैयाँ मात्रै खर्च भएको थियो।

सबैभन्दा बढी खर्च भने असोज महिनामा भएको छ। यो महिना ९६ अर्ब ७० करोड रुपैयाँ खर्च भएको छ। जबकि नौ महिनाको औषत खर्च अर्ब २५ करोड रुपैयाँ रहेको छ।

वर्षान्तमा रकमान्तर गरी ठूलो खर्च

आर्थिक वर्षको अन्तिम वर्षहरूमा बढी खर्च हुने प्रवत्ति बढेको छ। अन्तिम महिना र अनितम साता सबैभन्द बढी खर्च हुन्छ। यो समयमा ठूलो रकम रकमान्तर गरेर पनि खर्च गर्ने गरिएको छ।

महालेखा परीक्षकको कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा १२ खर्ब ७८ अर्बको बजेटमा अन्तिम महिना २५ अर्ब रुपैयाँ रकमान्तर गरेर खर्च गरिएको थियो। त्यस्तै अन्तिम साता १८ अर्ब रुपैयाँ रकमान्तर गरेर खर्च गरिएको थियो। महालेखाले वर्षान्तमा रकमान्तर गरेर खर्च गर्ने प्रवृत्ति नियन्त्रण गर्नको लागि सुझाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.