|

कालीकोट : कर्णाली राजमार्गको शुभकालिका गाउँपालिका–१ मा पर्ने कालेखोलामा पहिरो जाँदा यातायातका साधन अवरुद्ध भएको छ।

शनिबार राति गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो। अहिले खुलाउने प्रयास जारी रहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताए। ‘शनिबार पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको छ,’ उनले भने, ‘अहिले राजमार्ग खुलाउने प्रयास जारी छ।’

राजमार्ग अवरुद्ध हुँदा जुम्ला र कालीकोटबाट सुर्खेत, नेपालगञ्जका लागि छुटेका यात्रुबाहक सवारीसाधन तथा यात्रुहरु बीच बाटो नै अलपत्र परेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.