राजनीति

‘स्वास्थ्य संकटकालका नाममा चिनियाँ सेना नभित्र्याइयोस्'

जेठ २७, २०७७

    काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अतहरकमाल मुसलमानले सरकारले स्वास्थ्य संकटकालको नाममा चिनियाँ सेना भित्र्याउने खेलमा लागेको आरोप लगाएका छन्। आज मंगलबारको संघीय संसदको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मुसलमानले यस्तो आरोप लगाएका हुन्।  

    ‘हेल्थ इमरजेन्सीमार्फत चाइनाबाट केही मेडिकल डाक्टरहरू टिम ल्याउने र त्योभित्र पीएलएहरू राखेर देशभर कोभिड १९ मार्फत परिचालन गर्ने कुरो छ,’ उनले भने, ‘यदि स्थानीय निकायले त्यो माग गर्दैन भने त्यस्ता टिमलाई स्थानीय निकायमा नपठाइयोस्।’ स्वास्थ्य संकटकालको नाममा चीनबाट आउने मेडिकल टिममा चिनियाँ सैनिक नभित्र्याउन पनि उनले आग्रह गरे।  

    उनले कालापानीमा भारत र सगरमाथामा चीन दौडिएकोले तराईका जिल्लामा अन्य पिएलएका सेना दौडिए भने ती भूमि रणभूमि हुने आशंका पनि व्यक्त गरे। ‘हाम्रो कालापानीमा भारतिय सेना  दौडिएकै छ । सगरमाथामा चिनियाँ दौडेकै छ,’ उनले भने, ‘अब तराईका जिल्लाहरूमा अन्य पीएलएका सेना दौडियो भने हामी एउटा रणभूमिमा परिणत हुनेछौं।’ 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]