समाज

मकवानपुरमा उद्धार गरिएकालाई राख्‍न होल्डिङ सेन्टर भाेलिबाट सञ्चालन

जेठ २७, २०७७

    हेटौंडा :  जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले बुधबारबाट सदरमुकाम हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानको भवनमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याउने भएको छ। 

    भारतसँगै अन्य विभिन्न ठाँउबाट उद्धार गरिएका नागरिकलाई व्यवस्थित रुपमा स्थानीय तहसम्म जिम्मा लगाउनुपूर्व राख्न सदरमुकाममा होल्डिङ सेन्टर सञ्चालन गर्न लागिएको हो। जिससले व्यवस्थापन गर्ने गरी बुधबारबाट १५ वटा सुत्ने बेडसहित करिब एक सयलाई होल्ड अर्थात् रेष्ट गर्न मिल्ने गरी सेन्टर सञ्चालनमा आउने जिसस प्रमुख रघुनाथ खुलालले जानकारी दिए। 

    ‘अहिले १५ बेडबाट सुरु गर्दै छौं, यसलाई क्रमश आवश्यकताअनुसार विस्तार गर्दै जानेछौं,’ प्रमुख खुलालले भने। यसअघि सोमबार जिल्लाका स्थानीय तहका प्रमुख÷उपप्रमुखसँग छलफल गरेर स्थानीय तहहरुकै आर्थिक रहयोग र सहकार्यमा होल्डिङ सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो।  

    सेन्टर सञ्चालनका सन्र्दभमा जिसस प्रमुख खुलालको अध्यक्षतामा मंगलबार जिल्ला स्थित सरोकारवाला संघसंथाहरुसँग छलफल भएको छ। सेन्टरमा आएकालाई सामान्य स्वास्थ्य परीक्षण, खाना पानीको व्यवस्था, आराम गर्ने स्थान तथा मनोपरार्मश सेवासमेत प्रदान गर्ने गरी तयारी गरिएको छ। 

    यसअघि सोमबारको बैठकले होल्डिङ सेन्टर संचालन तथा व्यवस्थापनका लागि समितिसमेत गठन गरेको छ। जिससले व्यवस्थापन गर्ने उक्त समितिमा विभिन्न सरोकारवालालाई समेटिएको छ। समितिमा हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, अस्पताल विकास समिति, उद्योग संघ, उद्योग वाणिज्यसंघ, नारायणी यातायात व्यवसायी संघलगायत छन्।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]