राजनीति

सीमांकन थाती राखी अन्य विषयमा संविधान संशोधन अघि बढाउने माओवादी केन्द्रको निर्णय

चैत ९, २०७३

    काठमाडौं : नेकपा माओवादी केन्द्रले संघीय प्रदेशहरुको सीमांकनको विषयलाई थाती राखी अन्य विषयमा संविधान संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

    बुधबार बसेको माओवादी कार्यालय बैठकले हाल  दुई तिहाई पुग्न नसकेका कारण तत्कालका लागि सीमांकनलाई थाती राखी भाषा, नागरिकता, निर्वाचन प्रतिशत एवम् जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण र इलेक्ट्रोरल कलेजका सम्बन्धमा संशोधन अघि बढाउने निर्णय गरेको प्रवक्ता भुषालले जानकारी दिइन्।

    छलफलमा प्रधानमन्त्री एवं माओवदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चासहित आन्दोलनरत पक्षसँग सहमतिका लागि भइरहेका प्रयासबारे जानकारी गराएका थिए।

    प्रधानमन्त्रीले बैठकमा आफ्नो आसन्न चीन भ्रमणका बारेमा पनि जानकारी गराएका थिए। प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा बोआओ फोरमलाई सम्बोधन गर्नुका साथै राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय भेटवार्ता गर्ने जानकारी बैठकमा दिएका थिए।

    प्रवक्ता भुषालका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने तथा औपचारिक सम्झौताका लागि आधार तयार पार्ने काम हुनेछ।

    बैठकले पार्टी पङ्तिलाई स्थानीय निर्वाचनमा परिचालित गर्ने निर्णय पनि गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]